गृहपृष्ठ अन्तरास्ट्रिय खबर कोरोना संक्रमण बढिरहे पनि बेलायतले मास्क लगाउनैपर्ने नियम हटाउँदै

कोरोना संक्रमण बढिरहे पनि बेलायतले मास्क लगाउनैपर्ने नियम हटाउँदै

काेराेना भाइरसकाे फैलावट खासै नघटे पनि बेलायतले यसकाे नियन्त्रणका लागि तय गरेका प्रतिबन्धहरू हटाउने भएकाे छ । त्यहाँका प्रधानमन्त्री बोरिस जाेनसनले याे महिनादेखि मास्क अनिवार्य लगाउनुपर्ने र भाैतिक दुरी कायम गर्नैपर्ने नियमहरू हटाउने बताएका हुन् ।

बेलायतमा अर्काे लहरमा काेराेना भाइरसकाे प्रसार तीव्र गतिमै छ । यसका बाबजुद त्यहाँकाे सरकारले काेराेना नियन्त्रण तथा राेकथामका लागि बनाएका नियमहरू खारेज गर्न लागेकाे समाचार संस्था पीटीआईले उल्लेख गरेकाे छ ।

प्रधानमन्त्री जाेनसनले देशमा लकडाउन हटाउने प्रक्रिया अन्तिम चरणमा पुगेपछि कानुनी प्रतिबन्धहरू पालना गर्ने कुरा व्यक्तिगत इच्छामा निर्भर हुने बताएका हुन् । उनले भने, ‘प्रतिबन्ध फुकाउने प्रक्रिया १९ जुलाईदेखि थालिने छ ।’ यद्यपि, यसबारे अन्तिम निर्णय १२ जुलाईमै लिइने उनकाे भनाइ छ ।

बेलायतमा कोभिड-१९ का कारण १ लाख २८ हजारभन्दा बढी मानिसकाे मृत्यु भइसकेकाे छ । काेराेनाबाट भएकाे याे मृत्युदर पश्चिमी यूरोपमा सबैभन्दा बढी हाे । अत्यन्तै संक्रामक मानिएकाे डेल्टा भेरियन्टका कारण संक्रमितहरू थपिएका थपियै छन् ।

यसअघि बेलायतका मन्त्री राेबर्ट जेनरिकले आइतबार भनेका थिए- आगामी साता लकडाउनबाट रेस्ट लिइने छ । अनि मास्क लगाउनैपर्ने नियम पनि हटाउनेमा विचार गरिने छ । हामीले अब अलि फरक तरिकाले अघि बढ्नु छ, जहाँ हामी भाइरससँगै रहन सिक्ने छाैँ । हामी सावधानी अपनाउने नै छाैँ । यसका साथ हामले व्यक्तिगत जिम्मेवारी पनि लिनुपर्छ ।’

सम्बन्धित् समाचार