गृहपृष्ठ खबर १० जिल्लामा रंगशाला बनाउन कर्णालीले छुट्यायो ४५ करोड

१० जिल्लामा रंगशाला बनाउन कर्णालीले छुट्यायो ४५ करोड

कर्णाली प्रदेश सरकारले १० वटा जिल्लामा रंगशाला निर्माण गर्न ४५ करोड बजेट छुट्याएको छ । प्रदेश रंगशालाका लागि ३५ करोड र १० वटा जिल्लामा बन्ने रंगशालाका लागि एक/एक करोड रकम विनियोजन गरिएको हो ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता-२०८० कर्णालीमा आयोजना गर्नका लागि खेलकुदका पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको प्रदेश खेलकुद विकास समिति सदस्य-सचिव विश्वामित्र संज्यालले बताए । ‘दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली हुन लागेको छ,’ उनले भने, ‘अहिले त्यसको पूर्वाधार निर्माणको तयारी तीब्र पारिएको छ ।’

३५ करोड लागतमा बन्ने प्रदेश रंगशाला प्रदेश गौरवको आयोजना रूपमा कर्णाली प्रदेश सरकारले घोषणा गरेको सदस्य सचिव संज्यालले बताए । ‘सुर्खेतमा बन्ने प्रदेश रंगशाला प्रदेशको गौरवको आयोजनाका रूपमा लगिएको छ,’ उनले भने, ‘यो रंगशाला नमूना रंगशालाका रूपमा निर्माण गरिनेछ ।’

प्रदेश रंगशालामा दश हजार दर्शक अड्ने स्टेडियम, फुटवल मैदान र एथलेक्टिस ट्याक, स्विमिङ पुल, १५ सय दर्शक अट्ने कवर्ड हल, ह्याण्ड बल, बास्केट बललगायतका खेलका आउटडोर व्यावसायिक प्रयोजनका लागि १२० वटा सटरहरू निकाल्ने गरी निर्माण गरिने सदस्य-सचिव संज्यालले जानकारी दिए । ‘प्रदेश रंगशाला निर्माणका लागि दुई अर्ब लाग्नेछ’ उनले भने, ‘आगामी आर्थिक वर्षका लागि ३५ करोडबाट पूर्वाधारको काम निर्माण हुनेछ ।’

कर्णालीमा हरेक आर्थिक वर्षमा खेलकुदका लागि करोडौँ रकम आउने गरेको भए पनि त्यसको सदुपयोग गर्न नसक्दा फ्रिज हुने गरेको थियो ।

सम्बन्धित् समाचार