गृहपृष्ठ अन्तरास्ट्रिय खबर पाकिस्तानमा बसमा बम विस्फोट हुँदा १२ जनाको ज्यान गयो, २८ जना घाइते

पाकिस्तानमा बसमा बम विस्फोट हुँदा १२ जनाको ज्यान गयो, २८ जना घाइते

पाकिस्तानमा एउटा बसमा बम विस्फोट हुँदा १२ जनाको ज्यान गएको छ । उत्तर–पश्चिमी खैबर प्रान्तमा भएको घटनामा अन्य २८ जना घाइते भएका सामाचार संस्था सिन्ह्वाले जनाएको छ । बसमा ४० जना चिनियाँ इन्जिनियर तथा अरू प्राविधिक कर्मचारी रहेका बताइएको छ ।

दासु क्षेत्रमा एउटा जलविद्युत् कम्पनीको जलाशय निर्माण क्षेत्रमा कामदार लिएर जाँदै गरेको बसमा कसले र किन विस्फोट गरायो भन्ने खुलेको छैन । आक्रमणको अहिलेसम्म कसैले पनि जिम्मा नलिएको सिन्ह्वाले जनाएको छ ।

दासु बाँध (हाइड्रो-इलेक्ट्रिक) परियोजना चीन–पाकिस्तान इकोनमिक करिडोर (सीपीईसी) काे हिस्सा हाे । यस बाँध परियोजनामा पाकिस्तान र चीनका व्यक्ति मिलेर काम गरिरहेका छन् ।

सम्बन्धित् समाचार