पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले केपी ओलीका समर्थकप्रति कटाक्ष गरेका छन् ।
भट्टराईले ‘खसीको टाउको छिनालीसकेपछि पनि पुच्छर केहीबेर फिटीफिटी’ गर्ने भन्दै ‘ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टि’ हुने बताए ।
आफू कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवाद/फासीवादसंग मिल्दोजुल्दो रहेको पनि भट्टराईको टिप्पणी छ ।








