गृहपृष्ठ खबर माओवादी छोडका नेताहरूसित विप्लवको भेटवार्ता

माओवादी छोडका नेताहरूसित विप्लवको भेटवार्ता

राजनीतिक भेटघाटमा सक्रिय रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी केन्द्र छाडेका नेताहरूसँग छलफल गरेका छन् ।

लेखराज भट्टको निवासमा माओवादी केन्द्र छोडेर एमालेतिर लागेका नेताहरूसँग विप्लवले छलफल गरेका हुन् । विप्लवले भट्टसहित मणि थापा, प्रभु साह र टोपबहादुर रायमाझीसँग सामूहिक छलफल गरेका हुन् । उनीहरूबीच पछिल्लो समसामयिक राजनीतिक घटना क्रमका विषयमा छलफल भएको बताइएको छ ।

विप्लवले यसअघि जसपा संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई उनीहरूकै निवासमा पुगेर भेटेका थिए । सरकारसँग गरेको तीनबुँदै सम्झौता कार्यान्वयनमा नभएकोप्रति उनले असन्तुष्टि जाउँदै आएका छन् ।

 

सम्बन्धित् समाचार