मौसम पूर्वानुमान महाशाखाले प्रदेश १, गण्डकी, लुम्बीनी तथा सुदूरपश्चिम प्रदेशका केही स्थानमा आज मेघ गर्जनसहित भारी वर्षा हुन सक्ने जानकारी दिएको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने धेरै भारी वर्षाको सम्भावना छ । आज देशभर बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
अहिले देशभर बदली रही प्रदेश १, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पानी परिरहेको छ ।
भोलि पनि देशभर बदली रही अधिकांश स्थानमा पानी पर्ने छ । मंगलबार गण्डकी, लुम्बिनी तथा सुदूरपश्चचिम प्रदेशका केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा तथा सुदूरपश्चिम प्रदेशका केही भू-भागमा धेरै भारी वर्षा हुन सक्ने छ ।
त्यस्तै बुधबार देशभर बदली रही धेरै स्थानमा वर्षा हुन सक्ने छ । प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।







