गृहपृष्ठ खबर कपिलवस्तुमै पहिलो पटक निशुल्क अंग्रेजी भाषा प्रशिक्षण सुरु हुदैं

कपिलवस्तुमै पहिलो पटक निशुल्क अंग्रेजी भाषा प्रशिक्षण सुरु हुदैं

कपिलवस्तु : सिद्धार्थ बुद्ध प्रोफेसनल एकेडेमी प्रा.लि. जीतपुर चारनम्बर कपिलवस्तुमा विभिन्न अवसरसहित नयाँ कक्षाहरु संचालन हुने भएका छन् । कपिलवस्तु भरका सम्पुर्ण विधार्थीलाई लक्षित गर्दै कक्षाहरु संचालन गर्न लागिएको हो ।

मन्टेश्वरी टिचर टे«निङ, व्युटि पार्लर टे«निङ(basic & advance, भिषा ग्यारेन्टीका साथ जापानिज भाषा, कम्प्युटर सम्बन्धी सम्पुर्ण कक्षाहरु( basic & advance, accounting package) संचालन गरिने सिद्धार्थ बुद्ध प्रोर्फेसनल एकेडेमीका अध्यक्ष सुर्य प्रसाद बरालले जानकारी दिनुभयो ।

अंग्रेजी भाषा सम्बन्धी सम्पूर्ण कक्षाहरु संचालन गरिनुका साथै अंग्रेजी भाषाको व्यसिक कक्षाहरु निशुल्क संचालन गर्न लागिएको अध्यक्ष बरालले वैखरी अनलाईनलाई जानकारी दिनुभएको छ ।

प्रा.लि.ले विभिन्न बर्षहरुमा सर्वोत्कृट अंक ल्याउने लक्ष्यका साथ कक्षाहरु संचालन गर्दै आईरहेको अध्यक्ष बरालको भनाई छ ।

अन्र्तराष्ट्रिय अंग्रेजी भाषा आजका दिनमा महत्व बढ्दै गएको र यस क्षेत्रका विद्यार्थीहरुले अरु क्षेत्रका विद्यार्थी सगँ प्रतिश्पर्धा गर्न सक्नु पर्ने कुरालाई जोड दिदै बजारको मागलाई मध्यनजर गर्दै कपिलवस्तुमा पहिलो पटक यस एकेडमीले १५ दिने basic अंग्रेजी भाषा प्रशिक्षण निशुल्क गर्न लागेको अध्यक्ष बरालले जानकारी दिनुभयो ।

विधार्थीको एकेडेमीप्रति आकर्षण बढ्दो रहेको र आगामी दिनमा विधार्थीको भविष्य सुनिश्चित गर्न लागि परेको छ ।

सम्बन्धित् समाचार