गृहपृष्ठ खबर जुम्ला जाँदै गरेको मिनी ट्रक दुर्घटना, दुईको मृत्यु

जुम्ला जाँदै गरेको मिनी ट्रक दुर्घटना, दुईको मृत्यु

अक्सिजन बोकेर नेपालगञ्जबाट जुम्ला जाँदै गरेको मिनी ट्रक कर्णाली राजमार्गअन्तर्गतको कालीकोटको शुभकालिका–१ को एसमोडमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

ना ७ ख ९५१६ नम्बरको मिनी ट्रक दुर्घटना भएको प्रहरी निरीक्षक भूपेन्द्र शाहीले बताए । ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका लागि अक्सिजन सिलिन्डर बोकेर आएको मिनी ट्रक दुर्घटना भएको हो,’ उनले भने, ‘मिनी ट्रक कर्णाली नदीमा खसेको छ ।’

दुर्घटनामा परि चालक बाजुरा घर भएका ३२ वर्षीया रमेश शाही घटनास्थलमै मृत्यु भएको मृतक एक जनाको पहिचान नखुलेको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान र उद्धारका लागि घटनास्थलमा प्रहरी खटिएको प्रहरी निरीक्षक शाहीले बताए ।

सम्बन्धित् समाचार