गृहपृष्ठ खबर तेस्रो लहरबाट बच्न बाणगंगाले स्थायी संचरना र सिलिण्डरको ब्यवस्थापन गर्दै ः प्रवक्ता पौडेल

तेस्रो लहरबाट बच्न बाणगंगाले स्थायी संचरना र सिलिण्डरको ब्यवस्थापन गर्दै ः प्रवक्ता पौडेल

प्रकाशित मिति:

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको कार्यपालिकाको बैठक सम्पन्न भएको छ । नगरपालिकाको आफनै भवन बसेको बैठकले बिभिन्न महत्वुर्ण निर्णय समेत गरेको छ । नगरपालिकाले आज एक कार्यक्रमकाबिच बालमैत्री नगर घोषणा गर्ने निर्णय भएको बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारुले बताए । उनले नेपालमा ९ औँ , प्रदेश तेस्रो र कपिलवस्तु जिल्लामा पहिलो नगरपालिकाका रुपमा बाणगंगा नगरपालिकालाई भोली बालमैत्री नगर घोषणा गर्न लागीएको बताए । जसका लागी सबै तयारी समेत पुरा भई सकेको मेयर थारुले वैखरी अनलाइनलाई बताए ।

यता बैठकले संघीय तथा प्रदेश सरकारको स्रोतबाट कार्यन्वयन हुने योजनाहरुको बजेट माग गर्ने निर्णय गरेको नगरपालिकाका प्रवक्ता तथा वडा नः २ का वडा अध्यक्ष बिष्णु पौडेलले जानकारी दिए ।
आर्थिक बर्ष २०७७÷७८ मा सम्पन्न हुने भनिएका तर कोभिडका कारण रोकीएका योजनालाई सम्पन्न गर्न केन्द्र सरकारलेनै ६ महिना म्याद थप गरेको अवस्थामा ति योजना पुरा गर्न बजेट माग गर्ने निर्णय भएको पौडेलले बताए । साथै बैठकले २०७८÷७९ को बजेट स्वीकृत समेत गरेको छ ।

त्यस्तै कोभिडको तेस्रो लहरबाट बच्न बचाउनका लागी स्थायी प्रकृतिका संरचनाहरु निमार्ण गर्ने र अक्सीजन सिलिण्डरको प्रर्याप्त ब्यवस्थापन गर्ने निर्णय भएको प्रवक्ता पौडेलले बताए ।
साथै कार्यपालिकाको बैठकले पुराना घर अभिलेखीकरणका लागी पुस मसान्तसम्म म्याद थप गरेको छ भने नगरभित्रबाट रुपन्देहीको गौतम बुद्ध मुटु अस्पतालमा डाइलेसिस गर्न जाने बिरामीलाई राहात प्रदान गर्नका लागी २ लाख रुपैया बजेट समेत प्रदान गर्ने निर्णय गरेको नगरपालिकाका मेयर मगंल प्रसाद थारुले बताए ।

सम्बन्धित् समाचार