वातावरण संरक्षणका निम्ति हरियालीको आवश्यकता बताउँदै बुद्धभूमि जेसिसले वृक्षारोपण कार्यक्रम गरेको छ। जेसिसले बुद्धभूमि नगरपालिका वडा नं. ९ स्थित बुद्धभूमि क्याम्पस परिसरको खाली स्थानमा वृक्षारोपण गरेको हो । कार्यक्रमका प्रमुुख अतिथि बुद्धभूमि नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष खुमानन्द न्यौपानेले आफै पैसा संकलन गरी समाज विकासमा लाग्ने बुद्धभूमि जेसिसले समाज विकासमा महत्वपुर्ण भुमिका खेलेको बताउँदै वृक्षारोपण संगै विरुवा संरक्षणमा समेत लाग्न आग्रह गर्नु भयो ।
बुद्धभूमि जेसिसका अध्यक्ष बेदान्तमणी पोख्रेलले मानव र वृक्ष बिचको सम्बन्ध अनादिकालदेखि नै घनिष्ठ रहेको, वृक्षले मानव र मानवले वृक्षको संरक्षण पनि प्राचिनकालदेखि नै गर्दै आएको बताउनुभयो। उहाले प्रचारको लागि विरुवा रोप्नुभन्दा पनि रोपिएका विरुवाहरुलाई संरक्षण गर्नुपर्नेमा जोड दिनु भयो । दाल चिनी,असोका, जाबुन, अमला,लगायत विभिन्न किसिमका विरुवा र फूलहरु रोपिएको जानकारी दिनुभयो ।