गृहपृष्ठ Featured भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेको संख्या ९०० नाघ्यो

काठमाण्डौ – भेनेजुएलामा भूकम्पबाट ज्यान गुमाउनेहरूको संख्या ९०० नाघेको छ ।

पछिल्लो तथ्याङ्कअनुसार प्रभावित क्षेत्रमा ज्यान गुमाउनेको संख्या ९२० जना पुगेको विपद् निकायलाई उद्धृत गरी बीबीसीले जनाएको छ । तीन हजार ३६० जना घाइते भएका छन् । उद्धारकर्ताले बाँचेकाहरूको खोजी गरिरहेका छन् ।

दुई शक्तिशाली भूकम्पबाट राजधानी काराकाससहित देशका विभिन्न भाग प्रभावित भएका छन् । घाइते भएकाको अस्थायी शिविरमा उपचार भइरहेको छ । सयौँको सङ्ख्यामा अन्तर्राष्ट्रिय उद्धारकर्मी खटिएका छन् ।

बुधबार केही सेकेन्डको अन्तरमा दुई शक्तिशाली भूकम्पले भेनेजुएला हल्लाएको थियो । दोस्रो भूकम्प ७ दशमलव ५ म्याग्निच्युडको थियो । यो एक शताब्दीमा त्यहाँ आएको सबैभन्दा शक्तिशाली भूकम्प थियो । तर भूकम्प आउनुभन्दा केही क्षण पहिले धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले आफ्नो एन्ड्रोइड स्मार्टफोनमा चेतावनी सूचना प्राप्त गरेको बताएका छन् ।

गुगलको ‘एन्ड्रोइड’ र एप्पलको ‘आईओएस’ दुवैमा सरकारबाट भूकम्प, बाढी पहिरोजस्ता सङ्कटकालीन सूचना देखाउने विकल्प छ ।

सम्बन्धित् समाचार