गृहपृष्ठ Featured कपिलवस्तुको बाणगंगामा सडक दुर्घटना कमि गर्न छाडा गाइवस्तुलाई रिफलेक्टर बेल्ट

कपिलवस्तुको बाणगंगामा सडक दुर्घटना कमि गर्न छाडा गाइवस्तुलाई रिफलेक्टर बेल्ट

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाको बाणगंगामा छाडा गाइवस्तुलाई जोगाउन ट्राफिक सुरक्षालाई मध्य नजर गर्दै रिफलेक्टर बेल्ट लगाइएको छ । छाडा गाइवस्तुलाई सडक दुर्घटनामा नपरोस भन्नका लागी रिफलेक्टर बेल्ट लगाइएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र जिल्ला ट्राफिक कार्यालय गोरुसिङ्खेको पहलमा करिव १० छाडा गाइवस्तुलाई रातीको समयमा टल्कने रिफलेक्टर बेल्ट लगाइएको ईलाका प्रहरी कार्यालय प्रहरी सहायक निरिक्षक निरज गौतमले जानकारी दिए ।

रातको समयमा छाडागाइवस्तुका कारण दुर्घटना समेत बढेकाले रिफलेक्टर बेल्ट लगाइएको गौतमले बताए । साथै नियमित रुपमा छाडागाइवस्तुलाई रिफलेक्टर बेल्ट लगाउने तयारी रहेको पनि उनले जानकारी दिए ।

सम्बन्धित् समाचार