गृहपृष्ठ खबर इपिएलको ट्रफी सार्वजनिक

इपिएलको ट्रफी सार्वजनिक

प्रकाशित मिति:

काठमाडौं : हंशराज हुलासचन्द एन्ड कम्पनीको उत्पादन बजाज पल्सरले मुख्य प्रायोजन गर्ने चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग ९इपिएल० ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको विजेताले पाउने ट्रफी सार्वजनिक गरिएको छ। आयोजक एभरेस्ट प्रिमियर लिग ९इपिएल० ले राजधानीमा एक कार्यक्रमको आयोजना गरेर विजयी टोलीलाई प्रदान गरिने ट्रफी सोमबार सार्वजनिक गरेको हो।

इपिएलका प्रबन्ध–निर्देशक आमिर अख्तर र मुख्य प्रायोजक हंशराज हुलासचन्द एन्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले संयुक्त रूपमा ट्रफी सार्वजनिक गरे। सोही कार्यक्रममा निर्देशक अख्तर र अध्यक्ष गोल्छाले मुख्य प्रायोजनका लागि सम्झौता पनि गरे। दुवैले सम्झौतापत्र एक–आपसमा साटेर ट्वान्टी–२० क्रिकेटमा जोडिएको बताए।

सम्बन्धित् समाचार