काठमाडौ : प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले एक महिनासम्म केही काम नगरेको आरोप लगाएका छन्।
आज प्रतिनिधिसभामा सम्बोधन गर्दै अध्यक्ष ओलीले गठबन्धनका सत्तारुढ दलका नेताहरु धन्यवाद र बधाई खाँदैमा गएको आरोप लगाएका छन्।
‘सत्ता पक्षका मित्रहरु असाध्यै हैसिनुभएको छ। दशैं आएजसरी केटाकेटी आगजनमा नाचे जस्तै नाच्दै ठिक भएको छ,’ अध्यक्ष ओलीले भने।
तर सरकारले एक महिनामा सुकुम्वासी आयोग खारेज जस्तो काम गरेर गरिवको घाँटी निमोठेको भन्दै सरकारमाथि व्यङ्ग्य समेत गरेका थिए।