गृहपृष्ठ Featured लुम्बिनी प्रदेश : मुख्यमन्त्री पोखरेलले डाके संसदीय दलको बैठक

लुम्बिनी प्रदेश : मुख्यमन्त्री पोखरेलले डाके संसदीय दलको बैठक

प्रकाशित मिति:

नेकपा एमाले लुम्बिनी प्रदेशले संसदीय दलको बैठक बोलाएको छ । बुधबार बिहान मुख्यमन्त्री निवास मिलनचोकमा संसदीय दलको बैठक बोलाएको ने‍ता बैजनाथ चौधरीले जानकारी दिए ।

प्रदेशसभा सचिवालयमा मुख्यमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावबारे छलफल गर्न बैठक बोलाएको उनले बताए । दलको बैठकले अविश्वासको प्रस्तावको सामना गर्ने या राजीनामा दिने भन्ने टुंगो लगाउने उनले बताए ।

अल्पमतमा रहेको शंकर पोखरेल नेतृत्वको सरकारसँग एमालेका ३८ सासद छन् । विपक्षमा सभामुखसहित ४२ सासद छन् ।

यो अवस्थामा एमालेले अविश्वासको प्रस्तावको सामना गरेमा प्रस्ताव पास हुने देखिन्छ । तर, एमालेले अविश्वासको प्रस्ताव दर्ता र सदनको विशेष अधिवेशन आह्वान संविधानविपरीत आएकाले सदन बहिस्कार गर्ने सम्भावना पनि छ ।

एमालेका केही नेता भने मुख्यमन्त्रीले राजीनामा दिएर नैतिकता प्रदर्शन गर्नुपर्ने पक्षमा छन् भने केहीले अविश्वासको प्रस्ताव सामना गर्नुपर्ने बताउँदै आएका छन् ।

सम्बन्धित् समाचार