गृहपृष्ठ Featured कांग्रेसले बालुवाटार र भैँसेपाटीका सुकुम्बासीलाई लालपुर्जा दिन खोजेको होइन ः कमाल

कांग्रेसले बालुवाटार र भैँसेपाटीका सुकुम्बासीलाई लालपुर्जा दिन खोजेको होइन ः कमाल

प्रकाशित मिति:

नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले भूमि समस्या समाधान आयोग विघटनप्रति प्रतिपक्षी एमालेले अफवाह फैलाइरहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले भने, ‘भूमिसम्बन्धी समस्या समाधान आयोगबाट बालुवाटार र भैँसेपाटीका सुकुम्बासीलाई लालपुर्जा दिन खोजिएको होइन ।’

एमालेले आफ्नै ढंगका कारण दु:ख पाएको उनले बताए । ‘बहुमत हुँदाहुँदै अल्पमतमा पुग्दै आफ्ना सांसदलाई मन्त्री बनाइदिनुपर्‍यो भनेर अनुनय विनय गर्नुपर्ने अवस्थामा एमाले पुग्यो,’ उनले व्यंग्य गरे ।

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गरेपछि प्रतिपक्षी एमालेले सदनमा विरोध गरिरहेको छ ।

सम्बन्धित् समाचार