गृहपृष्ठ खबर भारतमा एकैदिन थप ४१ हजारमा कारोना संक्रमण

भारतमा एकैदिन थप ४१ हजारमा कारोना संक्रमण

प्रकाशित मिति:

भारतमा पछिल्लो २४ घण्टामा थप ४१ हजार १९५ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ। दुईदिनमा भारतमा कोरोना संक्रमितको संख्या फेरि बढ्न थालेको छ। बुधवार भारतमा ३८ हजार ३५३ जनामा कोभिड १९ संक्रमण देखिएको थियो भने मंगलवार भारतमा १४७ दिनपछि सबैभन्दा कम २८ हजार २०४ जनामा संक्रमण देखिएको थियो।

यस्तै, संक्रमणका कारण थप ४९० जनाको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ लाख २९ हजार ६६९ पुगेको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३९ हजार ६९ जना संक्रमण मुक्त भएका छन्। यससँगै भारतमा सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ८७ हजार ९८७ पुगेको छ।

सम्बन्धित् समाचार