सन्धिखर्क : अर्घाखाँचीको सन्धिखर्कमा रहेको जिल्ला कारागारका ६० जना कैदीबन्दीमा कोभिड संक्रमण पुष्टि भएको छ । सन्धिखर्क नगरपालिका र स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा जिल्ला कारागार अर्घाखाँचीमा रहेका ६४ जना बन्दीहरुमा गरिएको एन्टिजेन परीक्षणमा ६० जनामा कोभिड पोजेटिभ देखिएको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले बताए ।
कारागारमा रहेका ९३.७५ प्रतिशतमा पोजेटिभ देखिएकाले सबैले जनस्वास्थ्यका मापदण्ड अपनाइ सुरक्षित रहन सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पूर्ण पराजुलीले आग्रह गरेका छन् ।
कारागारमा रहेका ६० जना कैदीबन्दीमा कोभिड देखिएपछि स्वास्थ्यकर्मीको टोली उपचारका लागि कारागारमा पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताएका छन् ।