गृहपृष्ठ अर्थ/वाणिज्य अर्घाखाँचीको शीतगंगामा एकल पुरुषलाई भत्ता !

अर्घाखाँचीको शीतगंगामा एकल पुरुषलाई भत्ता !

प्रकाशित मिति:

अर्घाखाँची : शीतगंगा नगरपालिकाले ४० वर्ष उमेर पुगेका एकल पुरुषलाई मासिक भत्ता दिने भएको छ । नगरपालिकाले श्रीमतीको निधन भएका र ४० वर्षसम्म विवाह नगरी बसेका एकल अतिगरिब पुरुषलाई मासिक १ हजार रुपैयाँ राहतस्वरूप भत्ता दिन लागेको हो ।

३५ वर्ष उमेरमाथिका एकल महिलाले पनि नगरपालिकाबाट मासिक १ हजार भत्ता पाउने भएका छन् । ‘अहिले कार्यविधि बनाउँदैछौं, भदौमा बस्ने कार्यपालिका बैठकमा पास गर्ने तयारीमा छौं,’ प्रमुख प्रशासकीय अधिकृत प्रेम केसीले भने, ‘कार्यविधि बैठकबाट अनुमोदन गरेर वडाबाटै एकल महिलारपुरुषको तथ्यांक संकलन गरी असोजबाट भत्ता दिन्छौं । गरिब परिवारका महिला र पुरुषलाई राहतस्वरूप सम्बोधन गर्ने कार्यक्रम हो यो ।’

कार्यविधि पारित भएपछि नगरका १४ वटै वडा कार्यालयबाट सूचना प्रवाह गरेर तथ्यांक संकलन गरिने उनले बताए । त्यसैका आधारमा भत्ता बाँडिनेछ । कहीँ कतैबाट भत्ता, पेन्सन प्राप्त नगरेका एकल महिलारपुरुष र ‘ग’ वर्गका अपांगलाई पनि मासिक १ हजार भत्ता दिइने नगर प्रमुख सूर्यप्रसाद अधिकारीले बताए । ‘क’ र ‘ख’ वर्गका अपांगता भएका व्यक्तिलाई संघीय सरकारले भत्ता दिन्छ । ‘ग’ वर्गका अपांगता भएकालाई सम्बोधन नभएकाले नगरपालिकाले मासिक १ हजार भत्ता दिने उनले बताए ।

सम्बन्धित् समाचार