गृहपृष्ठ खबर क्रियाशिलमा तलमाथि भयो भन्ने आशंका छ, त्यो सार्वजनिक गर्नुपर्छ- प्रदीप पौडेल

क्रियाशिलमा तलमाथि भयो भन्ने आशंका छ, त्यो सार्वजनिक गर्नुपर्छ- प्रदीप पौडेल

प्रकाशित मिति:

काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले क्रियाशिल सदस्यताको विषयमा आशंका उठेको भन्दै नामावली सार्वजनिक गर्नुपर्ने बताएका छन्। क्रियाशील छानबिन समितिका सदस्य समेत रहेका पौडेलले सबैभन्दा पहिले क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्नुपर्ने बताएका हुन्।

‘क्रियाशिलमा तलमाथि भयो भन्ने आशंका उठेका छन्। हामीले त समितिमा रहुन्जेल काम गरेर बुझाएका हौँ। पहिले हामीले बुझाइसकेपछि हेर्न नपाउनु आफ्नै नियम होला। तर, अब त्यो सबैले हेर्न पाउनुपर्छ। सबैभन्दा पहिले क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्नुपर्छ। किन लुकाएर काम गर्ने, लोकतान्त्रिक पार्टीलेरु’ उनले भने।

पौडेलले क्रियाशीलको विषय केही ठाउँमा टुंगिएन भन्दैमा महाधिवेशन रोक्नुपर्ने अवस्था नभएको समेत बताए। १४ औँ महाधिवेशन समयमा सकाउनुपर्छ भनेर नै केही ठाउँका क्रियाशील स्थागित गरेर समयमा प्रतिवेदन बुझाएको उनको भनाइ छ।

यस विषयमा छलफल शनिवारसम्म जान सक्ने उनले बताए। केन्द्रीय समितिले १४ औँ महाधिवेशनबारे विशेष निष्कर्ष निकाल्ने उनको भनाइ छ। संवैधानिक संकट हल गर्नेगरी नयाँ कार्यतालिका आउने उनले जानकारी दिए।

सम्बन्धित् समाचार