गृहपृष्ठ खबर भान डाइकद्धारा २०२५ सम्म लिभरपुलसँगको सम्झौता नवीकरण

भान डाइकद्धारा २०२५ सम्म लिभरपुलसँगको सम्झौता नवीकरण

प्रकाशित मिति:

काठमाडौं : डच डिफेन्डर भर्जिल भान डाइकले इंग्लिस क्लब लिभरपुलसँगको सम्झौता नवीकरण गरेका छन्। लिभरपुलले शुक्रबार नेदरल्यान्ड्सका ३० वर्षीय डिफेन्डर भान डाइकले सम्झौता नवीकरण गरेको जानकारी दिएको हो।

नयाँ सम्झौता अनुसार भान डाइक सन् २०२५ सम्म लिभरपुलमा रहने छन्।

उनी २०१८ मा साउथह्याम्पटनबाट लिभरपुल आएका थिए। लिभरपुलबाट उनले प्रिमियर लिग, च्याम्पियन्स लिग, यूईएफए सुपर कप र फिफा क्लब विश्वकप जितिसकेका छन्।

उनले १ सय ३० खेलमा १३ गोल गरिसकेका छन्।

सम्बन्धित् समाचार