गृहपृष्ठ खबर कांग्रेसका २२ आमन्त्रित सदस्यहरुद्वारा सामूहिक राजीनामा

कांग्रेसका २२ आमन्त्रित सदस्यहरुद्वारा सामूहिक राजीनामा

प्रकाशित मिति:

नेपाली कांग्रेसका २२ आमन्त्रित सदस्यले सामूहिक राजीनामा दिएका छन्। आमन्त्रित केन्द्रीय सदस्यहरूले कांग्रेसको विधानले क्षेत्रीय प्रतिनिधिसरह अधिकार नदिएकोमा असन्तुष्टि जनाउँदै राजीनामा दिएको कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले जानकारी दिए।

शुक्रबार जारी केन्द्रीय समितिमा उनीहरूले सामूहिक राजीनामा पेस गरेको पौडेलले जानकारी दिए। कांग्रेसको विधानले केन्द्रीय पदाधिकारी र सदस्य स्वतः प्रतिनिधि हुने व्यवस्था गरेकोमा आमन्त्रित सदस्यको हकमा भने त्यस्तो व्यवस्था नराखिएको भन्दै असन्तुष्टि जनाएका थिए।

यसबारेको व्यवस्था हटाउने मागबारे केन्द्रीय पार्टीले कुनै पहल नगरेकोलगायतका कारण देखाएर उनीहरूले राजीनामा दिएका हुन् । राजीनामा दिनेहरूमा नन्दनकुमार दत्त, कुमार खड्का, बालकृष्ण पाण्डेय, गोरख (आनन्द) विष्ट, नरेन्द्रकुमार चौधरी, हसन अन्सारी, किरणराज शर्मा पौडेल, रमा कोइराला पौडेल, कृष्णकिशोर घिमिरे, गोपालकुमार बस्नेत, सुधीरकुमार सिवाकोटी, मनोहरनारायण श्रेष्ठ, ध्रुव वाग्ले, मोहनसिंह राठौर, शम्भुलाल श्रेष्ठ, अभिषेखप्रताप शाह, दयाराम पाण्डे जनकराज कलौनी भूमिबहादुर (विश्व) गुरुङ, दिलीप राई, आशाराम चौधरी र राजेशबहादुर सिंह रहेका छन्।

सम्बन्धित् समाचार