गृहपृष्ठ Featured पाल्पामा स्याल धपाउन बाबुले हानेको बन्दुकको छर्राले लागेर छोराको मृत्यु

पाल्पामा स्याल धपाउन बाबुले हानेको बन्दुकको छर्राले लागेर छोराको मृत्यु

पाल्पामा बाबुले हानेको भरूवा बन्दुकको छर्राले लागेर छोराको मृत्यु भएको छ ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका- ६ जुठापौवास्थित तल्लोतालका ३५ वर्षीय धनबहादुर लम्तरीको बाबुले हानेको बन्दुकको छर्राले लागर मृत्यु भएको हो  ।

५६ वर्षीय कर्णबहादुरले शुक्रबार बेलुकी ६ बजे भरूवा भन्दुकले मकै बारीमा आएको स्याललाई हान्दा छर्राले छोरालाई लागेको थियो ।

बाबुले स्याललाई ताकेको बन्दुकको छर्राले लागेर छोराको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

सम्बन्धित् समाचार