गृहपृष्ठ खबर पाकिस्तानको स्वतन्त्रता दिवसमा भारतीय प्रधानमन्त्री मोदीले गरे नयाँ दिवसको घोषणा

पाकिस्तानको स्वतन्त्रता दिवसमा भारतीय प्रधानमन्त्री मोदीले गरे नयाँ दिवसको घोषणा

आज पाकिस्तानले ७५ औं स्वतन्त्रता दिवस मनाइरहेको छ। पाकिस्तानले भारतभन्दा एक दिन अघि स्वतन्त्रता दिवास मनाउने गर्छ।

पाकिस्तानले स्वतन्त्रता दिवसको दिन पारेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीट गर्दै देश विभाजन भएको दिन अर्थात १४ अगस्तलाई विभाजन विभीषिका स्मृति दिवसका रुपमा मनाउने घोषणा गरेका छन्।

मोदीले भारत विभाजित भएको पीडा भुल्न नसकिने भन्दै हिंसा र घृणाका कारण लाखौं मानिस विस्थापित हुनुपरेको बताएका छन्। स्वतन्त्रताका लागि धेरैले ज्यान गुमाएको भन्दै मोदीले मानिसहरुको संघर्ष र बलिदानको यादमा अगस्त १४ मा विभाजन विभीषिका स्मृति दिवस मनाउने निर्णय गरिएको बताए।

उनले यसदिनले वैमनस्यता, भेदभाव र दुभावनाको अन्त्य गर्न प्रेरित गर्ने विश्वास समेत व्यक्त गरेका छन्।

सम्बन्धित् समाचार