वैखरी अनलाइन
कपिलवस्तु जिल्लामा थप ४ जना कोरोना संक्रमित थपिएका छन । यो सँगै जिल्लामा संक्रमितको कुल संख्या ५ हजार ७ सय ७४ पुगेको छ ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना नियन्त्रण फोकल पर्सन उमेश घिमिरेका अनुसार जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ५४ रहेको छ । जसमध्य बाणगंगा नगरपालिका र बुद्धभुमी नगरपालिकामा सकंमित बढि रहेका छन ।
हाल सम्म जिल्लामा कोरोनाका कारण १९८ जनाको ज्यान गएको छ भने पछिल्लो २४ घण्टामा मृत्यु संख्या शुन्य रहेको छ ।







