गृहपृष्ठ खबर कपिलवस्तुको विजयनगरमा ६० जना नेकपा एमालेमा प्रवेश

कपिलवस्तुको विजयनगरमा ६० जना नेकपा एमालेमा प्रवेश

प्रकाशित मिति:

कपिलवस्तु : कपिलवस्तुको विजयनगर गाउँपालिकामा ६० जनाले नेकपा एमाले पार्टीमा प्रवेश गरेका छन् । आइतवार गाउँपालिको वडा नं। २ मा आयोजित वडा भेलामा नेकपा एमालेमा प्रवेश गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथी तथा जिल्ला कमिटी सचिवालय सदस्य कृष्ण भण्डारीले टीका लगाई सम्मानपूर्वक एमालेमा प्रवेश गराउनुभएको वडा कमिटीले जनाएको छ । नेपाली काँगे्रस र नेकपा माओवादी केन्द्र पार्टी परित्याग गरी कार्यकर्ता, समर्थकहरुले नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी कृष्ण प्रसाद भण्डारीले समसामयिक विषयमा कार्यकर्ताहरुले राखेका जिज्ञासालाई प्रष्ट पार्नुभएको थियो । उहाँले नेकपा एमाले देश विकासको समृद्धिको बलियो पार्टी भएकोले एमाले लाग्नुपर्नेमा जोड दिनुभयो ।

जिल्ला कमिटी सदस्य गोपाल बहादुर थापाले नव प्रवेशीहरुलाई शुभकामना दिँदै संगठनमा एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभएको छ । संगठन बिना हरेक क्षेत्रको विकास असम्भव रहेकोले रहेक तह तप्काबाट सबैको सहयोगको अपरिहार्य रहेको थापाले बताउनुभयो ।

 

सम्बन्धित् समाचार