गृहपृष्ठ खबर माओवादी केन्द्रीय समिति बैठक सम्पन्न : राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ सम्म गर्ने

माओवादी केन्द्रीय समिति बैठक सम्पन्न : राष्ट्रिय सम्मेलन पुस ११ देखि १३ सम्म गर्ने

प्रकाशित मिति:

काठमाडौँ : सत्ता साझेदार माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सकिएको छ । पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्नेलगायत विषय समेटिएको अध्यक्ष पुष्पकमल दाहालको राजनीतिक तथा संगठनात्मक प्रतिवेदन पारित गर्दै आइतबार बैठक टुंगिएको हो ।

बैठकबाट संशोधनसहित विधान प्रतिवेदन पनि पारित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले मुलुकमा प्रतिगामी कदम असफल भए पनि खतरा अन्त्य नभएको निष्कर्ष निकालेको छ । प्रवक्ता श्रेष्ठले प्रतिगामी खतरा बाँकी नै रहेकोले त्यसप्रति सचेत भएर अघि बढ्ने निष्कर्ष निकालिएको जानकारी दिए ।

यस्तै बैठकले राष्ट्रिय स्वाधिनताको रक्षा र सुदृढीकरणप्रति पनि सबैलाई सचेत र एकताबद्ध हुन अपिल गरेको उनले बताए ।

प्रवक्ता श्रेष्ठले वाम-लोकतान्त्रिक गठबन्धन र सहकार्यलाई संविधान कार्यान्वयन र लोकतन्त्र रक्षा, प्रतिगमनको खतरा र राष्ट्रिय स्वाधिनताको प्रश्‍नले माग गर्दासम्म कायम राख्ने निष्कर्ष बैठकले निकालेको जानकारी दिए । त्यस्तै गठबन्धनमा आधारित सरकार र प्रतिनिधिसभालाई पूर्ण कार्यकाल सञ्‍चालन गर्दै सफल पार्न अपील गरिएको छ ।

सम्बन्धित् समाचार