कपिलवस्तु : बार्षिक ढेड अर्व बढी राजस्व उठाएको कपिलवस्तुको यशोधरा गाउँपालिका स्थित सुठौली भन्सार नाकामा क्वारेन्टीन कार्यालय नहुँदा भन्सार कारोवारमा ठुलो प्रभाव परेको छ । भन्सारको ९० प्रतिशत आम्दानी कृषजन्य बस्तु आयातबाट हुने गरेको छ । स्त्तोरन्नती भई ठुलो भन्सार भएको ३ बर्ष हुदा समेत अहिले सम्म यहा प्लान्ट क्वारेन्टी कार्यालय स्थापना हुन सकेको छैन । भन्सार संचालन भए पछि काम चलाउ रुपमा कृष्णनरमा रहेको प्लान्ट क्वारेन्टीनका कर्मचारीहरुले चेकजाच गरी कागजात बनाउदै आएका थिए ।
तर भन्सार बिभागले साउन २० गते देखि नेपाल नेशनल सिङगल बिन्डो सिस्टम संचालनमा ल्याए पछि भने भन्सारमा ठुलो समस्या आएको सुठौली भन्सारका प्रमुख रमेश खड्काले बताए । कृषिजन्य बस्तुकोे प्रज्ञापन पत्र बनाउदा क्वारेन्टीन प्रतिबेदन अनिवार्य गरिएकाले समस्या आएको हो । क्वारेन्टीन कार्यालयले प्रतिबेदन अनलाईन सिस्टमामा राख्ने गरेको छ । त्यो प्रतिबेदन नआए सम्म भन्सारको प्रज्ञापन पत्र नै भर्न नमिल्ने भएकाले करोवारमा समस्या आएको भन्सार प्रमुख खडुकाले बताए ।
साउन २० गते देखि सो सिस्टमा लयाउदा ३ दिन सम्म भन्सार प्रभावित भएको थियो । ब्यापारीहरुको तरकारी, फलफुल समेत धेरै सडेर खेर समेत गएको थियो । क्वारेन्टीन कार्यालयमा आग्रह गरे पछि यहाबाट भित्रिने कृषि सामाग्रीहरुको प्रतिबेदन कृष्णनगरबाट ईन्ट्रा प्वाईन्ट भनेर देखाउने गरिएको खड्काले बताए । नेपालभर ३९ वटा ठुला भन्सार कार्यालय छन ।
जसमध्ये १५ स्थानमा मात्र क्वारेन्टीन कार्यालय छन । सुठौली भन्सारमा क्वारेन्टी कार्यालय नराखिए भन्सार सुनसान हुने ब्यापारीहरु बताउँछन । रुपन्देहीको बेलहीया र कपिलवसतुको कृष्णनग नाकाको बिचमा पर्ने यो नाका पायक पर्ने भएकाले ब्यापारीहरु यही भन्सारबाट कारोवार गर्ने गरेका छन । क्वारेन्टीन कार्यालय नहुदा ब्यापारीहरु भने बिस्तारै निरुत्साही हुदै गएका छन ।








