गृहपृष्ठ Featured कपिलवस्तु उद्योग बाणिज्य सघंको बैठक सम्पन्न, माक्स बैंकको स्थापना गर्ने

कपिलवस्तु उद्योग बाणिज्य सघंको बैठक सम्पन्न, माक्स बैंकको स्थापना गर्ने

वैखरी अनलाइन
कपिलवस्तु उद्योग बाणिज्य सघंको बैठक आज सम्पन्न भएको छ । सघंको सभाहल चार नः जितपुरमा पाचौँ नियमित बैठक सम्पन्न भएको हो । बैठकले भोली बुधबारबाट माक्स बैंक स्थापना गर्ने निर्णय गरेको छ । कोरोनाका महामारीको तेस्रो लहर आउने चेतावनी आईरहेका बेला अनिर्वाय माक्स लगाउन र भौतीक दुरी कायम राख्न आवश्यक देखिएकाले सघंको पहलमा भोलीबाट माक्स बैंक स्थापना गर्न बाणिज्य उपाध्यक्ष खुमानन्द घिमिरे संयोजक रहने गरि काम गर्ने निर्णय भएको सघंका अध्यक्ष डोलकराम घिमिरेले बताए ।

साथै बैठकले भदौ ७ गतेबाट सुरु गरी भदौ १५ गतेभित्र सघंको कार्य क्षेत्रमा क्षेत्रगत समिति गठन गर्ने निर्णय गर्दै जिम्मेवारी समेत तोकेको छ ।

त्यस्तै ब्यवसायीहरुलाई कारोबारमा सहज होस भन्नका लागी आइपिएस तालिम सञ्चालन गर्ने निर्णय भएको सघंका महासचिव मनोज पौडेलले जानकारी दिए । आफना सदस्य र उनीहरुका परिवारलाई कोरोना बिरुद्धको खोप ब्यवस्थापनका लागी सम्बन्धीत ठाउमा पहल गर्ने निर्णय भएको महासचिव पौडेलले बताए ।

बैठकले १२ कपिलवस्तु महोत्सवको पुर्व तयारीका लागी छवि रेश्मी मगर संयोजक, बुद्धि बहादुर रोकाहा (दिनेश क्षेत्री) र मिना पौडेल सदस्य रहने गरि पुर्व तयारी समिति समेत गठन गरेको छ ।

बैठकले वस्तुगत उपाध्यक्ष शालिकराम भुसाल र एसोसियट उपाध्यक्ष बिरेन्द्र खाण संयोजक रहने गरी बस्तुगत र एसोसियट तर्फका ब्यवसायीहरुको भेला गर्ने समेत निर्णय गरेको छ । सो अवसरमा सघंका निबर्तमान उपाध्यक्ष उमानाथ पौडेल, बर्तमान बरिष्ठ उपाध्यक्ष छवि रेश्मी मगर लगायतले आआफनो धारणा राखेका थिए ।

सम्बन्धित् समाचार