काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षका १४ सांसदलाई सभामुखले कारवाही नगरेकोमा आपत्ति जनाएका छन् । पूर्वप्रधानमन्त्री ओलीले बिहीबार राजधानीस्थित मिडियाहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् । उनले सभामुख अग्नि सापकोटला समक्ष प्रश्न गरेका छन्, ‘संसद चलाउनु छ कि छैन ? उहाँ के पर्खिराख्नुभएको छ ।’
सभामुख सापकोटालाई उनले माओवादीको कार्यकर्ता भएकाले पनि एमालेको प्रस्तावमा पूर्वाग्रही बनेको आरोप लगाएका थिए । नेकपा एमालेले बुधबार माधव नेपाल पक्षका १४ सांसदलाई पदमुक्त गर्न भन्दै संसद सचिवालयमा निवेदन दिएको थियो ।
उक्त पत्र सभामुख समक्ष पुगिसकेको र पत्र दर्ता गरेपछि एमालेका प्रमुख सचेतक विशाल भट्टराईलगायतको टोलीले बिहीबार फेरि सभामुख सापकोटालाई भेटेर १४ सांसदलाई कारवाही गरेको पत्र टाँस्न आग्रह गरेको थियो । सभामुखले भने अध्ययन गरिरहेको भन्दै तत्काल निर्णय गरेको छैन ।








