गृहपृष्ठ Featured कपिलवस्तुका लोकप्रिय डाक्टर चन्दले खोले आफनै पोलिक्लिनिक, सेवा सुरु

कपिलवस्तुका लोकप्रिय डाक्टर चन्दले खोले आफनै पोलिक्लिनिक, सेवा सुरु

वैखरी अनलाइन
कपिलवस्तु जिल्लाका लोकप्रिय डाक्टरका रुपमा स्थापित हुन सफल डा. दिपेन्द्र चन्दले आफनै पोलिक्लिनिक सञ्चालनमा ल्याएका छन । बिगत ८ बर्षदेखि कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत डाक्टर चन्द जिल्लामा बिश्वासिलो र परिपक्क डाक्टरका रुपमा परिचित छन । उनले आफनै लगानी तौलीहवा जितपुर सडक खण्डमा चन्द पोलिक्लिनिक प्रा.लि सञ्चालनमा ल्याएका हुन । आज एक कार्यक्रमकाबिच चन्द र कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले संयुक्त रुपमा रिबन काटेर पोलिक्लिनिकको उद्यघाटन गरेका छन ।

उद्यघाटन कार्यक्रममा रोटरी क्लव अफ कपिलवस्तुका पुर्व अध्यक्ष लक्ष्मण अधिकारी, बर्तमान अध्यक्ष माधव भाट क्षेत्री, बरिष्ठ समाजसेवि दुर्गा बहादुर सेन, बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राज कुमार खाण, पुर्व अध्यक्ष पदम सेन, कपिलवस्तु जेसिजका पुर्व अध्यक्ष कृष्ण पोखरेल, कपिलवस्तु उद्योग बाणिज्य सघंका कोषाध्यक्ष बिनोद पन्त लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा बोल्दै कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अथिति डोलकराम घिमिरेले चन्द पोलिक्लिनिक सञ्चालनमा आएपछि बाणगंगा अझै स्वास्थ्य क्षेत्रमा बलियो भएको बताउदै सेवामुखी कामलाई निरन्तरता दिन आग्रह समेत गरेका छन ।

त्यस्तै डाक्टर चन्दले सुबिधा सम्पन्न प्रविधिको प्रयोग गर्दै थप ब्यवस्थापनका साथ अगाडी बढने बताएका छन । साथै पोलिक्लिनिकले सप्ताह ब्यापी स्वास्थ्य परिक्षण सेवा सुरु गरेको छ । जसमा निशुल्क सुगर परिक्षण, निशुल्क स्वास्थ्य परार्मश, फार्मेसिमा ५ प्रतिशत, एक्सरे शुल्कमा २० प्रतिशत, भिडियो एक्स रे २० प्रतिशत र ल्याव परिक्षणमा २० प्रतिशत छुटको ब्यवस्था गरिएको चन्दले बताए ।

सम्बन्धित् समाचार