गृहपृष्ठ खबर जन्मदा एउटा स्याउको तौल बराबर भएकी बालिकाले पाइन् अस्पतालबाट छुटकारा

जन्मदा एउटा स्याउको तौल बराबर भएकी बालिकाले पाइन् अस्पतालबाट छुटकारा

एजेन्सी : हामी सबैलाई थाहा छ कि एउटा बच्चा सामान्यतया जन्म को समयमा २ देखि ५ किलो हुन्छ। तर सिंगापुरमा जन्मेकी एक बच्चीको तौल जन्मको समयमा मात्र २१२ ग्राम थियो र उसका धेरै अंगहरुको विकास भएको थिएन।

यस कारण, बच्चीलाई जन्मे पछि आईसीयूमा राखिएको थियो। विदेशी रिपोर्टका अनुसार ती बालिका १३ महिनापछि आइतबार अस्पतालबाट डिस्चार्ज भएकी छिन् र उनी आफ्ना आमा बुबासँग घर गएकी छिन् ।

विदेशी रिपोर्ट अनुसार यो बच्चीको जन्म गत बर्ष जुन ९ मा सिंगापुरको नेशनल युनिभर्सिटी अस्पतालमा भएको थियो। उनी जन्मदा २४ सेन्टिमिटर अग्लो र २१२ ग्राम तौलकी थिइन् । बुबाआमाले छोरीको नाम क्वाक यू जुआन राखिएको थियो ।

द स्ट्रेट टाइम्सका अनुसार नर्सले भनिन्, ‘मैले २२ बर्षको क्यारियरमा यस्तो केस देखेको थिइनँ। बच्ची यति सानु थिइन् । तर पनि ती बालिकालाई १३ महिनासम्म आईसीयूमा राखिएको थियो। केहि समयको लागी, बच्चीको अवस्था यस्तो बन्यो कि उसलाई भेन्टिलेटरमा राख्नु पर्यो। बच्चाको तौल अहिले ६१३ किलोग्राम छ। यो विश्वास छ कि यी बच्ची समय भन्दा पहिलेको मामलामा संसारको सबैभन्दा कान्छी बच्ची हुन् ।’

समय भन्दा पहिले बच्चाको उपचार गर्नु पनि कुनै चुनौती भन्दा कम थिएन।

सम्बन्धित् समाचार