काठमाडौं : गृहमन्त्रालयले चाडपर्व मनाउँदा र दैनिक आवश्यक वस्तु खरिद बिक्री गर्दा भीडभाड नगरी स्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ । सांस्कृतिकरूपमा मनाइने पर्वलाई औपचारिकता मात्र दिन पनि नागरिकसँग आग्रह गरिएको गृह मन्त्रालयका प्रवक्ता फडिन्द्रमणि पोखरेलले बताए।
सबै जिल्ला प्रशासन कार्यालयलाई आन्तरिकरुपमै निर्देशन दिँदै भीडभाड हुने गतिविधि रोक्न र पर्वलाई औपचारिकता दिनेगरी काम गराउन भनिएको उनले जानकारी दिए । अवस्था हेरेर स्मार्ट लकडाउनको अवधारणालाई कार्यान्वयनमा ल्याइएकाले सोही आधारमा स्थानीय प्रशासनले भूमिका निर्वाह गर्ने प्रवक्ता पोखरेलले बताए।
कोभिड–१० को अवस्था हेरेर आवश्यकताअनुसार निषेधाज्ञा लागू गर्ने वा खुकुलो बनाउने अधिकार दिइएकाले सोहीअनुसार स्थानीय प्रशासन सक्रिय हुँदै आएको र चाडवाडका बेलामा पनि सोही प्रक्रिया अपनाइने भएको छ ।







