बुटवल : लुम्विनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसीले बिश्वासको मत पाएका छन। लुम्विनी प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री केसीले आफुलाई प्रदेशसभाका बहुमत सदस्यहरुको बिश्वास छ भन्ने प्रमाणीत गर्न बिश्वासको मत मागेका थिए।
नेकपा माओवादी केन्द्र नेपाली काग्रेस जनता समाजबादी पार्टी र जनमोर्चा नेपालको गठबन्धनबाट मुख्यमन्त्री बनेका केसी माओवादी केन्द्र संसदीय दलका नेता हुन।
रोल्पाको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ क बाट निर्वाचित केसी यस अघि लुम्विनी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्री थिए। केसी माओवादी केन्द्रका केन्द्रिय कमिटी सदस्य समेत हुन।
प्रमुख प्रतिपक्षी नेकपा एमालेको उपस्थीती बिना प्रदेशसभाको नवौं अधिवेशनको चौथो बैठकमा प्रस्तुत गरेको प्रस्तावमा केसीको पक्षमा ४२ मत परेको थियो। भने प्रस्तावको बिपक्षमा कुनै मत परेन।
बिना बिभागीय मन्त्री अजय शाही र सांसद बिमला वलीलाई पदमुक्त नगरे सम्म सदन चल्ल नदिने अडानमा राख्दै सदनमा नारावाजी गर्दै आएको प्रमुख प्रतिपक्षी एमाले मत बिभाजनको बैठकमा भने सहभागी भएन।
प्रमुख प्रतिपक्षी नेकपा एमालेले नारावाजी गरेपछि दिउसो १ बजे सूरु भएको तेश्रोे बैठक २७ मिनेट बसेर स्थगीत भएको थियो भने २ः३० बजे बसेको तेश्रो बैठक ९ मिनेटमा स्थगित भएको थियो।