गृहपृष्ठ खबर पार्टी फुट्दा जसपालाई फाइदा भएको उपेन्द्रको दाबी

पार्टी फुट्दा जसपालाई फाइदा भएको उपेन्द्रको दाबी

प्रकाशित मिति:

वीरगंज : जनता समावादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले लोकतान्त्रिक समाजावादी पार्टीका अध्यक्ष महन्थ ठाकुर अवसरवादी नेता भएको बताएका छन्।

जसपा टुक्रिएपछि महन्थ पक्षका नेताहरुको विषयमा भन्डाफोर गर्न जसपाले थालेको प्रदेश स्तरीय अभिमुखिकरण कार्यक्रममा शनिवरा यादवले यस्तो बताएका हुन्। यादवले पार्टी छोडेर अर्को दल बनाउँदा जसपालाई खासै असर नपर्ने र जसपाको लागि शुद्धीकरण भएको दाबीसमेत गरे।

‘महन्थ ठाकुर अवसरवादी नेता हुन्, यो पछिल्लो राजनीतिक अवस्थाले पुष्टि पनि भइसकेको छ,’ उनले भने, ‘पार्टीलाई अगामी दिनमा फाइदा भएको छ, २० प्रतिशत नेतामात्र अर्को दल खोल्दा जसपासँग ८० प्रतिशत पदाधिकारी छन्।’ मधेश विद्रोहको जगमा आएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने केपी ओलीको षड्यन्त्रमा ठाकुरले सघाएको उनले आरोप लगाए।

सम्बन्धित् समाचार