गृहपृष्ठ खबर ओलीको आरोप– सभामुखले राजनीतिलाई कुबाटोबाट हिँडाउन खोजे

ओलीको आरोप– सभामुखले राजनीतिलाई कुबाटोबाट हिँडाउन खोजे

प्रकाशित मिति:

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का अध्यक्ष केपी ओलीले सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिलाई कुबाटोमा हिँडाउन खोजेको आरोप लगाएका छन् । एमाले झापा–काठमाडौं सम्पर्क मञ्जले मंगलबार काठमाडौंमा आयोजना गरेको सी डिभिजन छनोट खेलिरहेका खेलाडीसँग छलफल तथा भेटघाट कार्यक्रममा ओलीले सभामुख सापकोटा राजनीतिको राजमार्गबाट नहिँडी कान्ला–कान्ला र भिरबाट हिँडेको बताए ।

उनले निर्वाचन आयोग पनि संविधान र कानुनको राजमार्गमा हिँड्न छाडेको बताए । अदालतमा बसेपछि जे पनि गर्न सकिनेजस्तो भइरहेको ओलीको भनाइ छ । उनले भने, ‘राजनीतिलाई कुबाटोबाट हिँडाउन खोजिएको छ । राजमार्गबाट सभामुख हिँड्न मान्दैनन् । बाटाबाट हिँड्न मान्दैनन् । कान्ला–कान्ला, भिर–भिर कुद्छन् । निर्वाचन आयोग संविधानको, कानुनको राजमार्ग छ, त्यो राजमार्ग छोडेर भित्तातिर ठोक्किन जान्छ । सम्मानित अदालतको कुरै नगरौँ । त्यहाँ बसेपछि त जे गर्दा पनि हुन्छ । त्यही भइरहेको छ । हामी ती कुराहरूलाई स्विकारेर, मानेर लोकतन्त्रप्रति चिन्ता गरिरहेका छौँ । चिन्ता लोकतन्त्रको भविष्यप्रति गरिरहेका छौँ । किनभने लोकतन्त्रको भविष्य हाम्रो बलिदानसँग जोडिएको छ ।’

ओलीले वर्तमान सत्तागठबन्धनले अलोकतान्त्रिक अभ्यास गरिरहेको भन्दै आगामी चुनावमा वर्तमान सत्तारुढ गठबन्धन भत्किने बताए ।

सम्बन्धित् समाचार