गृहपृष्ठ खबर पेरुमा बस दुर्घटना हुँदा दुई बालबालिका सहित ३२ जनाको मृत्यु

पेरुमा बस दुर्घटना हुँदा दुई बालबालिका सहित ३२ जनाको मृत्यु

एजेन्सी : पेरुमा बस दुर्घटना हुँदा दुई बालबालिका सहित ३२ जनाको मृत्यु भएको छ । घटनामा २० जना घाइते भएका छन् ।

पेरुको राजधानी लीमाबाट ६० किलोमिटर पुर्व कारेटेराको साँघुरो सडकमा गुडिरहेको बस चट्टानमा ठोकिंएर २ सय मिटर तल खसेको बताइएको छ ।

६३ जना यात्रु सवार उक्त बस दुर्घटना लगत्तै केहीलाई उद्धार गरिएको थियो । तेज गतीका कारण दुर्घटना भएको अनुमान गरिएको छ ।

सम्बन्धित् समाचार