गृहपृष्ठ खबर काठमाडौंमा विद्यालयबाहेक सबै गतिविधि सञ्चालन गर्न पाइने

काठमाडौंमा विद्यालयबाहेक सबै गतिविधि सञ्चालन गर्न पाइने

प्रकाशित मिति:

काठमाडौं : भोलिदेखि काठमाडौं उपत्यकामा विद्यालय बाहेकका सवै गतिविधि सञ्चालन गर्न पाइने भएको छ। उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बुधबार बसेको बैठकले निषेधाज्ञा खुकुलो पार्दै स्कुलबाहेक सवै क्षेत्र सञ्चालन गर्नेगरी निर्णय गरेको हो।

भदौं १७ गतेदेखि उपत्यकाका सवैखाले निजी र सरकारी कार्यालय तथा व्यवसायहरू सञ्चालन गर्न पाइने छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले संक्रमितको संख्या घटेकोले स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी निषेधाज्ञा खुकुलो पारिएको जानकारी दिए।

त्यस्तै जात्रा पर्वहरुमा भिडभाड गर्न नपाइने, चार्डवाड मनाउँदा कोभिड स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने र भिडभाड गर्न नहुने, सार्वजनिक तथा निजी संघ संस्थाहरुले गतिविधि र कार्यालय सञ्चालन गर्दा स्वास्थ्य मापदण्ड अपनाउनुपर्नेछ। त्यस्तै, स्थानीय ढुवानी बिहान ९ बजेदेखि ११ बजेसम्म र अपरान्ह ४ देखि ७ बजेसम्म सञ्चालन गर्न पाइने छ।

सार्वजनिक र निजी ढुवानीको हकमा राति ९ बजेदेखि विहान ५ बजेसम्मको समय तोकिएको छ। त्यस्तै कोरोना संक्रमितको सम्पर्कमा रहेकाहरू घरमै बस्ने र पीसीआर गरेपछि बाहिर निस्कुनुपर्ने छ। प्रशासनले कोभिडको समयमा सहर(बजार सामान्य अवस्थामा सञ्चालन गरेतापनि प्रहरीलाई नियमित अनुगमन गर्न निर्देशन पनि दिएको छ।

सम्बन्धित् समाचार