गृहपृष्ठ खबर केही बिग्रिएका व्यक्तिहरू चोइटिए- ओली

केही बिग्रिएका व्यक्तिहरू चोइटिए- ओली

प्रकाशित मिति:

एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी विभाजन नभएर केही बिग्रिएका व्यक्तिहरू चोइटिएको बताएका छन् । काठमाडौंमा शनिबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले पार्टीमा बिग्रिएका व्यक्तिहरू मन्त्री खानका लागि चोइटिएको बताए । अहिलेको सत्तारुढ गठबन्धको आलोचना गर्दै ओलीले मन्त्री पदका लागि गठबन्धन भएको बताए । उनले कार्यकर्तालाई उच्च मनोबलका साथ अगाडि बढ्न निर्देशन दिए ।

ओलीले माधव नेपालले जहिले पनि पार्टीमा झमेला गरेर पार्टीलाई कमजोर बनाएको बताए । विगतमा नेतृत्वमा हुँदा नेपालले पार्टीलाई ठूलो क्षति पु¥याएको उनको आरोप छ ।

एमाले भदौ ९ गते औपचारिक रूपमा विभाजन भएको थियो । माधवकुमार नेपाल नेतृत्वमा नेकपा (एकीकृत समाजवादी) गठन भएको छ ।

सम्बन्धित् समाचार