गृहपृष्ठ खबर जोकोभिच युएस ओपनको चौथो चरणमा प्रवेश

जोकोभिच युएस ओपनको चौथो चरणमा प्रवेश

एजेन्सी : सर्वियन टेनिस खेलाडी नोभाक जोकोभिच युएस ओपन टेनिसको चौथो चरणमा प्रवेश गरेका छन् ।

तेस्रो चरणको खेलमा जापानका केई निशिकोरीलाई ३–१ को सेटमा हराउँदै जोकोभिच चौथो चरणमा उक्लिएका हुन् ।

पहिलो सेट ६–७ ले गुमाएका जोकोभिचले यसपछि ६–३, ६–२ र ६–२ को जित निकाले । यो जितसँगै जोकोभिचले कितीृमानी २१ औं ग्राण्डस्लाम जित्ने सपना जिवित राखे ।

युएस ओपनको तेस्रो चरणकै अर्को खेलमा इटालीका आन्द्रीया सेप्पीलाई ३–१ को सेटमा हराउँदै जर्मनीका ओस्कर ओट्टे, बेलारुसका इल्या इभास्कालाई ३–२ को सेटमा हराउँदै इटालीका माटियो बेरेटीनी तथा फ्रान्सका गेल मोन्फिल्सलाई ३–२ को सेटमा हराउँदै इटालीका यानिक सिनर पनि चौथो चरणमा उक्लिएका छन् ।

महिलातर्फ चेक गणतन्त्रकी क्यारोलिन प्लीस्कोभा र स्विट्जरल्याण्डकी बेलीण्डा बेन्सीक चौथो चरणमा उक्लिंदा उपाधि दावेदार नाओमी ओसाका भने पराजित भएकी छिन् ।

 

सम्बन्धित् समाचार