एजेन्सी : इंग्ल्यान्डविरुद्धको चौथो टेस्टमा भारत शनिबार मजबुत स्थितिमा पुगेको छ । ओभलमा भइरहेको टेस्टको तेस्रो दिन समाप्त हुँदा भारतले १ सय ७१ रनको अग्रता लिएको छ ।
पाहुना टिमले आफ्नो दोस्रो इनिङ्समा तीन विकेट गुमाएर २ सय ७० रन बनाएको छ । उसका लागि कप्तान विराट कोहली २२ र रवीन्द्र जडेजा नौ रन बनाएर खेलिरहेका छन् ।
यसअघि प्रारम्भिक ब्याट्सम्यान रोहित शर्माले १ सय २९ रनको सानदार शतकीय प्रदर्शन गरे । उनलाई चेतेश्वर पुजाराले बलियो साथ दिए र व्यक्तिगत ६१ रनको योगदान दिए ।








