काठमाडौं : फिफा विश्वकप छनोट अन्तर्गत २०२२ को युरोपेली छनोटमा जर्मनीले अर्मेनियाको पोस्टमा आधा दर्जन गोल प्रहार गरेको छ।जर्मनीको जितमा सर्ज गिनाब्रीले दुई तथा मार्को रिउस, टिमो वेर्नर, जोनास होफमान र करिम एडियमीले समान एक गोल गरे।
पहिलो हाफमा ४ गोल गरेको जर्मनीले दोस्रो हाफमा थप दुई गोल थपेको थियो। यो जितपछि समूह ‘जे’ मा जर्मनीले अर्मेनियालाई पछि पार्दै शीर्षस्थानमा उक्लिएको छ। जर्मनीले ५ खेलबाट १२ अंक पुगेको छ। पराजित अर्मेनिया १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
यही समूहको अर्को खेलमा रोमानियाले लिचेस्टाइनमाथि २-० को जित निकाल्यो। त्यस्तै आइसल्यान्ड र नर्थ म्यासेडोनियाले २९२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन्। रोमानिया ९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ।
नर्थ म्यासेडोनिया ८ अंक जोडेर चौथो स्थानमा रहँदा आइसले ४ अंकसहित पाँचौ स्थानमा रहँदा लिचेस्टाइनले अंकको खाता खोल्न सकेको छैन्।








