कपिलवस्तु : जिल्लाको शिवराज नगरपालिकाका दुई जना जनप्रतिनिधिहरुले जिल्ला निर्वाचनमा पुगि नयाँ दलमा सनाखत गरेका छन् । शिवराज नगरपालिका १० का वडा अध्यक्ष मन्जु मिश्रले लोकतान्त्रिक सामाजवादी पार्टी र कार्यपालिका सदस्य निर्मला सुनारले एकिकृत समाजवादी पार्टीमा सनाखत गरेका हुन । जिल्ला निर्वाचन अधिकृत ज्ञानुराम पन्थीले दुई जना जनप्रतिनिधिले सनाखत गरेको पुष्टि गर्नुभयो ।
जनता समाजवादी पाटी वाट निर्वाचित वडा अध्यक्ष मिश्राका श्रीमान महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक सामाजवादी पाटीका केन्द्रिय नेता हुन ।
कार्यपालिका सदस्य सुनारलाई राजनितिमा ल्याउने अब्दुल रउफ एकिकृत समाजवादी पार्टीमा लागेपछि उनी पनि उतै लागेकी हुन् । राजनितिक अभिभावक भएकोले उहाँकै लाईनमा आफु रहेको प्रतिकृया दिएकी छिन् ।








