गृहपृष्ठ खबर दल विभाजन सम्बन्धी अध्यादेश संसदबाट पास गर्न देउवालाई विष्णु पौडेलको चुनौति

दल विभाजन सम्बन्धी अध्यादेश संसदबाट पास गर्न देउवालाई विष्णु पौडेलको चुनौति

बुटवल : नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले एमाले विभाजन भएको नभई नयाँ जीवनको शुरुआत गरेको बताएका छन्। प्रेस चौतारी नेपाल रूपन्देहीले बुधबार बुटवलमा गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले एमाले विभाजन नभई काँचुली फेरेर नयाँ जीवन पाएकोले अब नयाँ उत्साहका साथ अगाडि बढ्ने बताएका हुन्।

उनले पार्टीबाट छुटेर गएकाहरू नआए पनि एमाले सिंगो र बलियो पार्टी भएर अगाडि बढ्ने बताए। माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी कुनै सिद्धान्त र विचारले नभई लोभ र अवसरवादीले बनाएको समूह भएको बताए।

‘कसैको टेकोमा उभिन खोजे पनि यसको भविष्य छैन। म चुनौतीका साथ भन्छु स्थानीय तहको वडामा जमानत जोगाएर देखाउनुस्’, उनले भने।

उनले दाजु भाइ सित रिस उठेर आमा माथि बन्चरो हाने जस्तो काम माधव नेपालले गरेको आरोप लगाए। उनले सरकारले एमाले फुटाउनकै लागि दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर एमाले विभाजन भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवालाई संसदबाट पास गर्न चुनौति दिए।

सम्बन्धित् समाचार