अफगानिस्तानका पूर्व उपराष्ट्रपति अमरुल्लाह सालेहकाका भाइको तालिबानले हत्या गरेका छन्। समाचार एजेन्सी रोयटर्सलाई पूर्व उपराष्ट्रपति सालेहका परिवारले तालिबानले भाइ रोहुल्ला अजीजीको हत्या गरेको जानकारी दिएका छन्। सालेहका भतिजाले रोयटर्सलाई म्यासेज गरेर यस्तो सूचना दिएका हुन्।
उनले लेखेका छन् “उनीहरुले हिजो उनको हत्या गरिदिएका छन् र हामीलाई अन्त्येष्टी गर्न दिएका छैनन्। उनीहरुले शव सड्नु पर्ने बताएका छन्।”










