प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको स्थायी कमिटी बैठक दिउँसो साढे ३ बजे बस्ने गरी स्थगित भएको छ। विधान महाधिवेशनमा भाग लिने प्रतिनिधिहरूको छलफल भइनसकेकाले आज दिउँसो ३ बजे पुनः बस्ने गरी बैठक स्थगित भएको हो।
स्थायी कमिटीको बैठकले पार्टीको आउँदो विधान अधिवेशनका बारेमा छलफल गरेको नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए। प्रमुख भट्टराईले बैठकमा देशभरबाट करिब तीन हजार प्रतिनिधि हुने प्रस्ताव आएको भन्दै यसको टुंगो लगाउनका लागि आजै साढे ३ बजे बैठक बस्ने बताए।
आज बस्ने बैठकमा विधान महाधिवेशनमा प्रस्तुत हुने विधानका साथै राजनीतिक र सांगठनिक प्रतिवेदनका बारेमा समेत छलफल गर्ने विभाग प्रमुख भट्टराईले जानकारी दिए ।








