गृहपृष्ठ खबर शशांक कोइराला भन्छन्- सभापतिको दौडबाट पछि हट्दिनँ

शशांक कोइराला भन्छन्- सभापतिको दौडबाट पछि हट्दिनँ

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू सभापतिको दौडबाट पछि नहट्ने बताएका छन् । शनिबार चितवनमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले पार्टीको १४औँ महाधिवेशनमा आफू सभापतिको उम्मेदवार रहने बताएका हुन् ।

उनले भने, “हैन म कहाँ ब्याक हुन्छु । म त उठ्ने नै प्रयत्न गर्दै छु।” महामन्त्री कोइरालाले पार्टीको महाधिवेशनमा संस्थापनइतरको साझा उम्मेदवार समय आएपछि बन्ने भन्दै आफू सभापतिको उम्मेदवारबाट पछि नहटेको बताए ।

उनले जिल्लाहरूमा कांग्रेसको अधिवेशन चलिरहेको समयमा कार्यतालिका संशोधन गर्नु बाध्यता रहेको उल्लेख गर्दै क्रियाशील सदस्यता विवाद अझै २१–२२ जिल्लामा कायमै रहेको र यो विवाद मिलाउनका लागि कार्यतालिका संशोधन गरिएको जानकारी दिए। क्रियाशीलको अन्तिम टुंगो छिट्टै लाग्ने उनले बताए ।

फरक प्रसंगमा महामन्त्री कोइरालाले कम्युनिस्ट उच्छृंखल चरित्रका हुन्छन् भन्ने उदाहरण हिजो संसद्मा भएको घटनाले पुष्टि गरेको टिप्पणी गरे ।

सम्बन्धित् समाचार