कपिलवस्तु : जनता समाजावदी पार्टी नेपाल जिल्ला समन्वय समिति कपिलवस्तुले पार्टीको संगठन विस्तारका कार्यक्रम संचालन गरेको छ । जसपा नेपाल जिल्ला समन्वय समिति कपिलवस्तुको पार्टी संङ्गठन सुदृढीकरण तथा जनजागरण अभियान २०७८ एबं पार्टीको प्रथम पुर्ण बिस्तारित बैठकको पुर्ब सन्ध्यामा जिल्लाको सदरमुकाम तौलिहवामा बसेको बैठकले गरेको निर्णय अनुसार शनिबार देखि प्रशिक्षण अभियान सुरु भएको हो ।
जिल्लाका दशवटै स्थानीय तहमा पार्टीका भेला तथा प्रशिक्षण कार्यक्रम संचालन प्रारम्भ भएको जिल्ला अध्यक्ष शैलेन्द्रकुमार यादवले जानकारी दिएका छन् । जिल्लाका सबै पालिकामा पुगि पार्टी समायोजन घोषणा गर्ने र संगठन संरचनालाई बलियो बनाउन कार्यक्रताहरु बिचमा आपसी सम्बन्ध स्थापनाका लागि यो अभियान थालिएको यादवले बताए ।
यस्तै आगामी असोज २ गते जिल्ला पार्टीको संयोजन तथा घोषणाको तयारी पनि गरिएको जनाइएको छ । जसपाबाट विभाजन भई अलग बनेको लोसपा पक्षधर नेताहरुले जसपा रोजेका कारण अब सबैको साझा पार्टी बनाउने उद्धेश्य अनुसार पार्टी समायोजन गर्ने र नेता कार्यक्रताहरुलाई जिम्मेवारी बाँडफाड पनि गर्ने जसपा कपिलवसतुले जनाएको छ ।
जिल्ला पार्टीको संयोजनको लागि सहजीकरण गर्नका लागि जसपा केन्द्रीय सदस्य एबं केन्द्रीय अनुशासन आयोगका प्रमुख नरसिंह चौधरी , पार्टीका केन्द्रीय सदस्य नारायण खनाल र पार्टीका लुम्बिनी प्रदेशका उपाध्यक्ष डा.अब्दुल रसिद खान लाइ अनुरोध गरिएको जसपा कपिलवस्तुले जानकारी दिएको छ ।








