काठमाडौं : पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले डेब्यू खेलमै दुई गोल गरेपछि म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा सानदार जित हात पारेको छ।
घरेलु मैदान ओल्ड ट्राफर्डमा शनिबार न्युकासल युनाइटेडविरुद्ध भएको खेलमा युनाइटेडले ४–१ को जित हात पारेको हो। युनाइटेडका लागि रोनाल्डोले दुवै हाफमा एकरएक गोल गरेका थिए। रोनाल्डोले पहिलो हाफको इन्ज्युरी समयको अन्तिम मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाए।
मेसन ग्रिनवुडको प्रहार गोलरक्षक फ्रेडी वुडम्यानले रोकेपछि आएको रिबाउन्डमा रोनाल्डोले सहजै गोल गरेका थिए।
५६औं मिनेटमा पाहुना टोलीले खेल बराबरीमा ल्यायो। काउन्टर अट्याकमा जाभिएर मान्किलोले गोल गरे। एलन सेन्ट माक्सिमिनको पासलाई उनले पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए।








