गृहपृष्ठ खबर ४४ वर्षपछि महिला यूएस ओपनको उपाधि बेलायतलाई

४४ वर्षपछि महिला यूएस ओपनको उपाधि बेलायतलाई

काठमाण्डौ : बेलायतकी १८ वर्षीया एम्मा राडुकानुले महिला एकलतर्फको यूएस ओपन टेनिसको उपाधि जितेकी छिन् ।

फाइनलमा १९ वर्षीया क्यानेडियन खेलाडी लेला फर्नान्डेजलाई ६–४ र ६–३ को सेटमा पराजित भइन्। कुनै पनि ग्रान्डस्लाममा पुग्ने पहिलो बेलायती खेलाडी बनेकी राडुकानुले पहिलो ग्रान्डस्लामको उपाधि जितेकी हुन् ।

बेलायतले पछिल्लो ४४ वर्षमा महिला ग्रान्डस्लाम जितेको हो । यसअघि सन् १९७७ मा बेलायतकी खेलाडी भर्जिनिया बेडले यूएस ओपनको महिला एकल तर्फको ग्रान्डस्लाम जितेकी थिइन् ।

राडुकानुले उपाधिसँगै हरेक खेलमा जित निकालेका कारण खेलको बोनस पनि १८ लाख पाउण्ड पुरस्कार प्राप्त गर्ने छिन् ।

सम्बन्धित् समाचार